Loading... आजः २०८१ बैशाख २१, शुक्रबार

भूमिका श्रेष्ठ २०२२ को सहासिक महिला पुरस्कारबाट सम्मानित

काठमाडौं –यौनिक अल्पसंख्यकको अधिकारका लागि सक्रिय अभियानकर्मी भूमिका श्रेष्ठ अमेरिकी सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित भएकी छन्।

अमेरिकी विदेश मन्त्रालयले  सन् २०२२ को साहसिक महिला पुरस्कार नेपालकी भूमिका श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको हो।

नेपलका यौनिक अल्पसंख्यकको हक अधिकारका लागि कार्यरत भूमिका श्रेष्ठले पुर्‍याएको योगदानका लागि सो पुरस्कार दिइएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ।

यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि अथक मेहनत गरेकोमा भूमिकालाई यस वर्षको पुरस्कार प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

अमेरिकी सरकारको उक्त पुरस्कार नेपालले लगातार दोस्रोपटक जितेको हो । यसअघि २०२१ मा तेजाब आक्रमणबाट घाइते भएकी मुस्कान खातुनले उक्त पुरस्कार पाएकी थिइन्।

अमेरिकी सरकारले १५ वर्षयता विश्वभरका ७५ भन्दा धेरै देशका महिलाहरूलाई उक्त पुरस्कार प्रदान गरिसकेको छ।