Loading... आजः २०८२ माघ २०, सोमबार

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक घाइते

सुर्खेत  –दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एकजना घाइते भएका छन् । सोमबार दिउँसो साढे दुई बजेको समयमा दुर्घटनामा परेको ट्याक्टरबाट नौमुले गाउँपालिका–३ का १८ वर्षीय पवन सिजाली घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–७ किमुगाउँदेखि दैलेख बजारतर्फ आउँदै गरेको कणाली प्रदेश ०२००१ त ००१९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । प्रहरीका अनुसार उनको उपचार जिल्ला अस्पताल दैलेखमा भइरहेको रस्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।