Loading... आजः २०८२ माघ २१, मंगलवार

नेपाली कांग्रेस बाँझो खेत जस्तै हो : केपी ओली

उनले कांग्रेसले जित्दा बुढाबुढीलाई भोकभोकै मार्ने बताउँदै उनले कांग्रेसले जेष्ठ नागरिकलाई नसम्झने बताए। कांग्रेसले एमालेको विरोध गरेर जनता अल्मल्याएर भ्रम पारेको आरोप लगाउँदै उनले उनले भने,‘त्यो जमाना गयो, अब जनता अलमलिने जमाना छैन।’

देश बनाउने र गरिबको पार्टी रहेको दाबी गर्दै उनले सुकुम्बासी जनताको सुकुमबासी आयोग बनाएर समस्या समाधान गर्न तयार रहँदा सरकार ढलेको बताए। उनले थपे,’जनताले ढालेको होइन, जनताको आर्शिवाद नेकपा एमालेसँग छ।’

नेपकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पार्टी,पार्टी नभएर भ्रमको गोलो भएको ओलीको आरोप छ।

ओलीले भने, ‘प्रचण्डको पार्टी होइन। त्यो भ्रमको गोला हो। त्यसैले तपाईंहरु चाँडै त्यो भ्रम मुक्त हुनुस्।’

माधव नेपाललाई लक्षित गरेर केही व्यक्तिले पार्टी छोडे पनि एमाले बलियो भएको दाबी गर्दै देशमा विकासको लहर एमालेले चलाएको बताए