Loading... आजः २०८२ माघ १७, शुक्रबार

असंवैधानिक कदम विरुद्ध दैलेखमा शक्ति प्रदर्शन

१४ पुष २०७७
कृष्ण शर्मा ,

दैलेख . प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध प्रचण्ड–माधव समूहले शक्ति प्रदर्शन गरेको छ। देशैभर प्रदर्शन गर्ने उक्त समूहको निर्णयअनुसार दैलेखमा पनि शक्ति प्रदर्शन गरिएको हो।

नेकपा (प्रचण्ड–माधव) पक्षका नेता तथा बिघठित प्रतिनिधि शभाका सदस्य एवम पार्टि केन्द्रिय सदस्य राज बहादुर बुढाले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री ओलीको संसद भङ्ग गर्ने कदमविरुद्ध दैलेखमा भएको शक्ति प्रदर्शनका क्रममा भएको विरोधसभालाई सम्बोधन गर्दै नेता बुढाले ओलीको प्रतिगामी कदमविरुद्ध सबै राजनीतिक शक्ति र जनता ऐक्यवद्ध हुन जरुरी रहेको पनि बताए । उनले ऐतिहासिक राजनीतिक परिवर्तन र संविधानको रक्षा गर्न नेपाली जनता तयार छन् भन्ने कुरा विरोध प्रदर्शनमा सहभागी जनताको सहभागिताबाटै पुष्टि भएको पनि बताए ।

उनले प्रधानमन्त्री केपी ओलीको संसद भंग गर्ने असंवैधानिक र प्रतिगामी कदमका विरुद्ध प्रदर्शनमा सबै राजनीतिक दल र नागरिक समाजलाई धन्यवाद दिए । त्यसक्रममा उनले आन्दोलन शान्तिपूर्ण र मर्यादित हुने भन्दै आन्दोलन भाँड्न हुने षड्यन्त्रप्रति सचेत रहन आग्रह गरे । नेता बुढाले प्रधानमन्त्री ओलीको प्रतिगामी नसच्चिएसम्म आन्दोलन जारी रहने बताए । साथै उनले संबैधानिक निकायका सदस्यहरुले पनि असंवैधानिक कदमको विपक्षमा निर्णय गर्नेमा आफुहरु विश्वस्त रहेको जनाए ।

उक्त बिरोध शभालाई सम्बोधन गर्दै केन्द्रीय सदःय एवम विदेश बिभाग उप प्रमुख विष्णु रिजालले केपी ओली जस्ता तानाशाहका कारण आफुहरु फेरि एक पटक सडकमा आउन बाध्य भएको बताए । पुस ५ गते ओलीले जुन कदम चालेका छन् त्यसको विरोधमा अहिले काठमाडौंसहित देशभर विरोध प्रदर्शन भइरहेको भन्दै उनले सडकमा आउनु आफूहरुको रहर नभई आवश्यकता भएको बताए।२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले अहिलेसम्मको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए ।

गत निर्वाचनबाट बहुमत ल्याउने कम्युनिस्ट नै भएकाले बालुवाटारमा बस्ने गुट तानाशाही मात्र भएको टिप्पणी गरे । उक्त कार्यक्तमलाई नेता टेक बहादुर खाँण थिर बहादुर कार्कि नेतृ पावर्ति विसुन्के युवानेता शुशिल थापा अनेरास्ववूका सह संयोजक हेमन्त दसौदि राष्टिय युवा संघ दैलेखका सह संयोजक गणेश रोकाएले सम्बोधन गर्दै राजतन्त्रको आयु सकिए जसरी नै निरङ्कुश बाटो समातेको केपी ओलीको आयु पुगेको बताएका हुन्।