Loading... आजः २०८२ माघ १६, बिहीबार

कोरियाबाट क्यान्सर पिडित बालकलाई आर्थिक सहयोग

१७ पुष २०७७
यामराज कटुवाल,

दैलेख

कोरीयामा बैदेशिक रोजगारिमा रहेका नेपालीले क्यान्सर पिडित बच्चाको उपचारको लागि आर्थिक सहयोग गरेका छन ।दैलेखको नारायण नगरपालिका बडा न. १० का बलड क्यान्सर पिडित ३ बर्षिया बालक चेतन बोगटीलाई स्थानिय समाजसेवी गणेश बहादुर बोगटिको समन्वयमा कोरियामा बैदेशिक रोजगारिमा रहेका नेपालीले आर्थिक सहयोग जुटायपछि नेपालि काँग्रेस दैलेखका पार्टि सभापती कृण्ण कुमार बि.सीले सहयोग हस्तान्त्रण गरेका हुन ।

दैलेखको नारायण नगरपालिका वडा न. १० का उदय बोगटि र सारदा बोगटिका ३ बर्षिया बालक २ बर्ष अगाडि बलड क्यान्सर भयो । बच्चाको उपचारमा भएको पैसा सबै सकियर रिण गरेर उपचार गरिरहेको बच्चाकी आमा सारदा बोगटिले बताईन । उपचारमा चरम आर्थिक अभाब भएपछि वडा कार्यालय , नगरपालिका लगायत सबै संग सहयोगका लागि अनुरोध गरेपनि कसैबाट सहयोग पाउन नसकेको उनले बताइन ।

नारयण नगरपालिका वडा न. १० का समाजसेवी गणेश बहादुर बोगटी आफै शारिरिक असक्तता भएका ब्यक्ति हुन । उनका दुबै खुट्टाले हिडडुल गर्न मिल्दैन । क्यान्सर पिडित बच्चालाई आर्थिक अभाब भएको थाहा पाएपछि उनले सहयोगका लागि कोरियामा बैदेशिक रोजगारिमा रहेका उनका छोरा प्रेम बोगटि मार्फत सहयोगका लागि समन्वय गरे । त्याहा रहेका नेपालिले ६४००० नेपाली रुपैया संकलन गरिपठाएको समाजसेवी गणेश बहादुर बोगटिले बताए । म आफै पनि शारिरिक असक्त ब्यक्ति भएकोले उपचारमा लाग्ने खर्च धेरै हुने र यस्तो बेला चरम आर्थिक अभाब हुने भएकाले समाजमा रहेका सबै क्षेत्रले रोगबाट पिडित भएकाहरुलाई सक्दो सहायोग गर्नुपर्ने समाजसेबि बोगटिले बताए ।

देशका बिभिन्न क्षेत्रबाट कोरियामा रोजगारिमा रहेका नेपालिले आर्थिक सहयोग गरेका कोरियाम रहेका प्रेम वोगटिले जानकारि दिएका छन । बलड क्यान्सर पिडित बालकको सहयोगका लागि कोरियामा बैदेशिक रोजगारिमा रहेका प्रेम बहादुर बोगटि दैलेख, सरोज रोक्का सर्लाहि, बिर्ख राना कालिकोट, दिनेश भट्टराई ओखलढुंगा, सुरेन लिम्बु पांचथर, नबराज तामाङ्ग सिन्धुपालचोक, सजन बस्नेत दोलखा, आनन्द लामा हेटौडा, किरनदेब राजबंशि झापा, राजु न्यौपाने पोखरा, लक्ष्मण न्यौपाने पोखरा, तिर्थ बोगटि दैलेख, शेर बहादुर बोगटि दैलेख, प्रेम शाहि दैलेख, नबिन पराजुलि काठमान्डौ, नरेन्द्र बस्नेत दैलेख, दिपेन्द्र बस्नेत दैलेख, बखत थापा दैलेख, एरिजो गौतम सिन्धुलि, सन्तोस काप्री, काभ्रे, उपेन्द्र बिक्रम कटुवाल दैलेख , मिलन शर्मा सुर्खेत, बिकाश बिक्रम बुढा सुर्खेत, सन्त बहादुर रावत दैलेख, चन्द्र बहादुर बोगटि दैलेख, प्रकाश बस्नेत सुर्खेत, अबिरल कटुवाल दैलेख सुवास तामाङ्ग दाङ्ग, र अर्जुन आचार्य दोलखा बाट ६४००० रुपैया संकलन गरि आर्थिक सहयोग गरेका प्रेम बोगटीले जानकारि दिए ।

नेपाली काँगे्रस दैलेखका पार्टि सभापती कृण्ण कुमार बि.सीले रुपैया हस्तान्त्रण गर्दै रोग बाट पिडित बच्चाको उपचारमा लाग्नु पर्ने भएकाले बाबुआमाले रोजगार पनि गर्न नपाउने र उपचारमा खर्च धेरै हुने भएकाले समाजमा सहयोगी भाबना भएकाहरु बाट सहयोग गर्न आग्रह गर्दै कोरियामा रहेका सहयोगिहरुलाई धन्यबाद ब्यक्त गरेका थिए ।