Loading... आजः २०८२ आश्विन ३०, बिहीबार

ठगी गर्ने बर्ष २४ की विद्या सरकार पक्राउ

२३ पुष २०७७
कृष्ण शर्मा
दैलेख

दैलेखका विभिन्न व्यक्तिहरूलाई अमेरिका पठाइदिने भन्दै ५० लाख बढी ठगी गरेको आरोपमा प्रहरीले सुनसरीकी एक युवतीलाई पक्राउ गरेको छ।

गत असारमा कोरोना महामारीमा राहत वितरण गर्ने भन्दै दैलेख आएकी इटहरी उप(महानगरपालिका(४ बस्ने २४ वर्षीया विद्या शर्मा नाम बताउने उनलाई ठगी गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको हो।

आफू अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटी नेपालको ९सिइओ० बताउँदै कोरोना महामारीमा दैलेखमा राहत वितरण गर्ने र आफूलाई अमेरिकाको लागि भिसा पनि लागेकाले ८(१० जना लान सकिने भन्दै ५२ लाख ४ हजार १० रुपैयाँ ठगी गरेको आरोपमा उनलाई गरिएको प्रहरीले जनाएको छ।

उनले अमेरिका पठाइदिने भन्दै नारायण नगरपालिका(१ नयाँ बजारका मनोज थापाको ९० हजार, सोहि वडा बस्ने विवेक थापाको ५२ लाख १४ हजार १० रुपैयाँ ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए।