जुम्लाको हिमा -६ बालविवाहमुक्त वडा घोषणा
अभिभावकहरु सचेत हुदा बालविवाहको संख्या शून्यमा
बैशाख ३१ ,सुर्खेत ।
जुम्लाको हिमा गाउँपालिका बालविवाहमुक्त घोषणा भएको छ ।
हिमा–६ लाई बालविवाहमुक्त वडा घोषणागरेसँगै सबै वडा बालविवाहमुक्त भएका हुन् । बालविवाह नगर्ने र बालविवाह हुन नदिने प्रतिबद्धता हिमावासीले गरेका हुन् ।
कुनै बेला बालविवाहको जटिल समस्या भोगिरहेको हिमाले निकट भविष्यमै पालिका नै बालविवाहमुक्त घोषणा गर्दैछ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले पालिकाभित्रका सबै वडाहरु बालविवाहमुक्त भइसके बताउदै अब पालिका नै बालविवाहमुक्त हुने तयारीमा रहेको बताए ।
केही वर्षअघिसम्म करिब ७० प्रतिशतभन्दा बढी बालविवाह हिमाले खेपिरहेकोमा अहिले अभिभावकहरु सचेत हुदा त्यो संख्या शून्यमा झरेको उनको भनाई छ ।
परिवर्तन संवाददाता
१ जेष्ठ २०८२, बुधबार ०६:२२